एमालेले पीडितलाई न्याय दिने गरी संक्रमणकालीन मुद्दा टुङ्गोमा पुर्याउन चाहन्छ : उपमहासचिव ज्ञवाली
काठमाडौ । एमालेले पीडितलाई न्याय दिने गरी संक्रमणकालीन मुद्दा छिटो भन्दा छिटो टुङ्गोमा पुर्याउन चाहेको एमाले उपमहासचिव एवं पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताउनु भएको छ ।
मङ्गलवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले एमालेले पीडितलाई न्याय दिने गरी सो मुद्दा छिटो भन्दा छिटो टुङ्गोमा पु¥याउनु चाहेको बताउनुभयो । पीडितलाई न्याय दिने गरी सो मुद्दा टुङ्गोमा पु¥याउनुपर्नेमा उहाँले जोड दिनुभएको हो ।
साथै सङ्क्रमणकालीन न्याय प्रधानमन्त्री प्रचण्ड, काँग्रेस सभापति शेरबहादुर देउवालाई नचाहिएको पनि बताउनुभएको हो ।
उपमहासचिव ज्ञवालीले मानव अधिकारसम्बन्धी नेपालले जनाएको अन्तर्राष्ट्रिय प्रतिबद्धता, पीडितको सहमति र सर्वोच्च अदालतको आदेशको आधारमा सो मुद्दालाई टुङ्गो लगाउने काममा ढिलाइ गर्न नहुने पनि दोहो¥याउनुभयो ।
उपमहासचिव ज्ञवालीले सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पु¥याउँदा दण्डहीनता पनि हुन नहुने र फेरि मुलुकमा द्वन्द्व दोहोरिन नहुने कुराको पनि प्रत्याभूति हुनुपर्ने बताउनुभएको थियो ।