सामन्तको हातमा सत्ता लैजाने दुस्साहस गरियो : प्रधानमन्त्री प्रचण्ड
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनप्रतिनिधिमा आएको अधिकार खोस्ने षड्यन्त्र भइरहेको बताउनुभएको छ ।
आज शुक्रवार नेकपा (माओवादी केन्द्र) तनहुँले आँबुखैरेनीमा आयोजना गरेको भेटघाट कार्यक्रममा उहाँले विभिन्नरूपमा हुने षड्यन्त्रविरुद्ध सबै दल एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।
परिवर्तनको रक्षाका निम्ति र देशको सुरक्षाका निम्ति सरकार दृढ रहेको बताउँदै प्रधानमन्त्रीले गठबन्धनमाथि खतरा नरहेको दाबी गर्नुभयो । सामन्तको हातमा सत्ता लैजाने दुस्साहस गरिएको उहाँको भनाइ थियो ।
प्रधानमन्त्री प्रचण्डले पार्टी पुनःनिर्माणको विशेष अभियानमा रहेको बताउँदै देशैभरि नागरिकसँग माओवादी अभियानले नागरिकमाझ माओवादी र देशका लागि औपचारिक अभियानमात्र नरहेको र रणनीतिक अभियानको हिस्सा रहेको बताउनुभयो ।