सन्दीप लाछिानेको मुद्दामा सर्वोच्चले माग्यो बहस नोट

काठमाण्डौ । काठमाडौं जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा बहस नोट मागेको छ ।

लामिछानेविरुद्ध परेको बलात्कार मुद्दामा आज सुनुवाइ गर्दै काठमाडौं जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले बहस नोट गर्ने आदेश दिएको हो ।

इजलासले २२ मंसिरसम्म बहस नोट माग्न आदेश दिएको हो । अर्को पेसी २४ मंसिरलाई तोकिएको छ ।