भूकम्प पीडितलाई प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको तलब सहयोग गर्ने

काठमाण्डौ।  प्रधानमन्त्रीसहित मन्त्रीहरुको एक महिनाको तलब भूकम्पपीडितलाई दिइने भएको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्रीसहित मन्त्रीहरुको एक महिनाको पारिश्रमिक दिने निर्णय भएको जानकारी दिनु भएको हो  ।

“प्रधानमन्त्रीलगायत मन्त्रिपरिषद्का सबै सदस्यहरुले भूकम्प पीडितका लागि एक महिनाको पारिश्रमिक दिने भन्ने निर्णय भएको छ,” उहाँले बताउनु भएको हो ।