रेशम चौधरीको कैद मिनाहा विरुद्ध मुद्दाको सुनुवाइ स्थगित

काठमाण्डौ । नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीको कैद माफी मिनाहा गर्ने निर्णयविरुद्ध परेको रिटनिवेदनको सुनुवाइ स्थगित भएको छ ।

सर्वोच्च अदालतमा गोला थुतेर इजलास तोकिने प्रक्रियाअनुसार आज रेशम चौधरी विरूद्धको मुद्दा स्थगितमा परेको सर्वोच्च प्रशासनले जनाएको छ ।

गणतन्त्र दिवसको अवसरमा गएको जेठ १५ गते सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीलाई बाँकी कैद मिनाहा हुने गरी माफी दिनुभएको थियो । क्रूर, अमानवीय र गम्भीर मानव अधिकार उल्लङ्घनको घटनामा संलग्नलाई राष्ट्रपतिले माफी मिनाहा दिएको भन्दै यसको चौतर्फी आलोचना भइरहेको छ ।

त्यस निर्णयविरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता भएको थियो । आजका लागि तोकिएको उक्त निवेदनको सुनुवाई स्थगित भएको हो ।