चीनले पठायो २८ करोडको राहत सामग्री

काठमाण्डौ । जाजरकोटमा गएको भूकम्पबाट पीडितको लागि चीनले २८ करोड बराबरको राहत सामग्री दिएको छ ।

चिनियाँ सेनाका दुई जहाजमार्फत् पोखरा आईपुगेको राहत सामग्री उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बुझ्नु भएको हो । उक्त राहत सामग्री हस्तान्तरण कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङ पनि पोखरा विमानस्थलमा उपस्थित हुनु भएको थियो ।

चीनले हस्तान्तरण गरेका ती सामान सशस्त्र प्रहरीले शुक्रबार रातिको भूकम्प प्रभावित रुकुम र जाजरकोट क्षेत्रमा पु¥याउने भएको छ ।