नेकपा एमालेले भूकम्प प्रभावित क्षेत्रमा एक हजार स्वयंसेवक खटाउने
काठमाण्डौ । नेकपा एमालेले ूकम्प प्रभावित क्षेत्रमा एक हजार स्वयंसेवक खटाउने भएको छ ।
आज बुधबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । साथै, केन्द्रीय कमिटी बैठक पनि आह्वान गरेको छ । मंसिर ६ गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभएको छ ।
यसअघि कैलालीको धनगढीमा केन्द्रीय कमिटी बैठक आयोजना गर्ने तयारी गरे पनि आवश्यक तयारी नपुगेपछि पार्टी कार्यालयमै बैठक बोलाइएको ज्ञवालीको भनाइ छ । त्यस्तै मंसिर १४ गतेदेखि मध्यपहाडी लोकमार्गमा ’झुलाघाट–चिवा भन्ज्याङ’ अभियान गर्ने निर्णयसमेत एमाले सचिवालय बैठकले गरेको छ ।