शेयर बजार आज ५ दशमलव १७ अङ्कले बढ्यो

काठमाण्डौ । शेयर बजार शेयर बजार आज ५ दशमलव १७ अङ्कले बढेको छ ।

लगातार तेस्रो दिन आज बुधवार पनि शेयर बजार परिसूचक नेप्से बढेर १ हजार ८ सय ६३ दशमलव ९४ विन्दुमा पुगेको छ । आज बैंकिङ, फाइनान्स, जलविद्युत्, जीवन बीमा, उत्पादन, माइक्रोफाइनान्स, व्यापार र अन्य समूहको शेयर सामान्य बढेको छ ।

सबैभन्दा धेरै ग्लोबल आईएमई लघुवित्तको शेयर ८ प्रतिशत र पिपुल्स हाइड्रोपावर कम्पनीको शेयर साढे ७ प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन आज कर्पोरेट विकास बैंकको शेयर भने सबैभन्दा धेरै साढे ६ प्रतिशतले घटेको छ ।

आज ३१ लाख ५७ हजार कित्ता शेयर ७८ करोड २७ लाख रुपैयाँमा कारोबार हुँदा सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको पाँच करोड ६१ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।