राष्ट्रपति पौडेलको युरोप भ्रमण स्थगित

काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमण स्थगित भएको छ । भूकम्पका कारण मुलुकमा असहज अवस्था सिर्जना भएका कारण राष्ट्रपतिको भ्रमण स्थगित भएको हो ।

फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस पिस फोरममा भाग लिन राष्ट्रपति २२ कात्तिकमा त्यसतर्फ जाने र त्यसपछि जर्मनी र इटालीको भ्रमण गरेर १ मंसिरमा स्वदेश फर्किने तय भएको थियो ।
सरकारले भ्रमण कार्यक्रम स्वीकृत गरिसकेको थियो ।