कोशी प्रदेशमा एमालेले समर्थन फिर्ता नलिने

काठमाण्डौ । नेकपा एमालेले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको छ ।

आज (सोमबार) विराटनगरस्थित प्रदेशसभा भवनमा बसेको नेकपा एमाले कोशी प्रदेश संसदीय दलको बैठकले प्रदेश सरकारबाट फिर्ता भएपनि समर्थन भने जारी राख्ने निर्णय गरेको एमाले कोशी प्रदेशका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिनुभयो ।

सरकारलाई दिएको समर्थन तत्काललाई फिर्ता नलिने तर प्रमुख प्रतिपक्षी दलका रूपमा प्रदेशसभा बैठकमा बस्ने निर्णय भएको भण्डारीले बताए ।

एमालेका ३९ जना प्रदेश सांसदको समर्थनमा कोशी प्रदेशमा केदार कार्की नेतृत्वमा प्रदेश सरकार गठन भएको थियो । कार्कीले गठबन्धन दलका माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई भित्र्याएपछि एमाले सत्ताबाट बाहिरिसके