जुम्लामा बिरामी बोकेको अटो दुर्घटना हुँदा २ जनाको ज्यान गयो

काठमाण्डौ । जुम्लामा बिरामी बोकेको अटो दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । १ जना घाइते भएका छन् । हिमा गाउँपालिकाको नाग्म बजारबाट देवरगाउँ जाँदै गरेको अटो बड्की गाउँमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा ४५ वर्षका पदमबहादुर शाही र ४२ वर्षका वली रोकायाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । दुर्घटनामा घाइते भएका नन्द रोकायाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।