कोशी प्रदेश सरकारबाट बाहिरियो एमाले
काठमाण्डौ । कोशी प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ ।
एमालेले आफूहरूको सहमति विपरीत सरकार विस्तार गरेको भन्दै सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाएको छ । आज बिहान एमाले पार्टीबाट मन्त्री बन्नुभएका रामबहादुर राना मगरले मुख्यमन्त्री केदार कार्कीलाई राजीनामा बुझाउँदै सरकारबाट बाहिरनुभएको हो ।
मुख्यमन्त्री केदार कार्कीले हिजो माओवादी केन्द्रका गणेश उप्रेती र एकीकृत समाजवादी कमलप्रसाद जबेगुलाई विना विभागीय मन्त्री बनाएका थिए ।
नेकपा एमाले तथा कांग्रेसका ८ सांसदको समर्थनमा संविधानको धारा १६८ को उपधारा ५ अनुसार असोज २७ गते मुख्यमन्त्री बनेका कार्कीले २८ असोजमा कांग्रेस विद्रोही पक्षबाट समशेर राई र एमालेबाट राम रानालाई विना विभागीय मन्त्री नियुक्त गरेका थिए ।