भूकम्प प्रभावितहरूको खोज, उद्धार र राहतमा जुट्न पूर्व राष्ट्रपतिको आग्रह

काठमाण्डौ । जाजरकोटमा गए राति गएको भूकम्पका कारण भएको ठूलो मानवीय र भौतिक क्षतिप्रति पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गहिरो दुःख व्यक्त गर्नुभएको छ ।

उहाँले तत्काल भूकम्प प्रभावितहरूको खोज, उद्धार र राहतमा जुट्न सबै सम्बद्ध निकायहरूलाई अनुरोध गर्नुभएको छ ।

पूर्वराष्ट्रपति भण्डारीले त्यस क्षेत्रमा अझै भूकम्पका पराकम्पहरू गइरहेका भन्दै आवश्यक सतर्कता अपनाउनसमेत अनुरोध गर्नुभएको छ ।