सरकारको कारणले सदनको काम प्रभावकारी हुन नसकेको एमालेको आरोप
काठमाण्डौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सरकारको कारणले सदनको कामकारबाही प्रभावकारी हुन नसकेको आरोप लगाउनुभएको छ ।
आज (बिहीबार) प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले सदनको यो अधिवेशन निराशाजनक भएको टिप्पणी गर्नुभएको छ । सरकारले सदन प्रभावकारी बन्न नदिएको उहाँको आरोप छ ।
सदन प्रतिपक्षको हो भनेर दुनियाँभर मानिएपनि प्रतिपक्षले उभिएर बोल्दा सत्तापक्षले ध्यान दिएर सुन्नुपर्ने उहाँको तर्क छ । प्रतिपक्षले जायज माग भन्न र सुनाउनको लागि आवाज उठाएरमात्रै नपुगेर बेल घेर्नुपर्ने अवस्था आएको उपाध्यक्ष पौडेलले बताउनुभएको हो ।