सुनको मूल्य तोलामा ७ सय रुपैयाँ बढ्यो

काठमाण्डौ । सुनको मूल्य पुनः उकालो लागेको छ । आज (बिहीबार) नेपाली बजारमा छापावाला सुनको मूल्य ७ सय रुपैयाँले बढेको हो ।

अघिल्लो दिन तोलामा एक हजार रुपैयाँले घट्दै १ लाख १५ हजार रुपैयाँमा झरेको मूल्य आज भनेबढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, तेजाबी सुनको मूल्य समेत आज तोलामा ७ सय रुपैयाँले नै बढ्दै १ लाख १५ हजार १५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यस्तै चाँदीको मूल्यतोलामा २० रुपैयाँले बढ्दै १ हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।