शेयर बजारमा दोहोरो अङ्कको गिरावट, नेप्से १४.२९ अङ्कले घट्यो

काठमाण्डौ । शेयर बजार परिसूचक नेप्से आज (मगलबार) दोहोरो अङ्कले घटेको छ । आज नेप्से परिसूचक १४.२९ अङ्कले घटेर एक हजार आठ सय ६४.४० को बिन्दुमा पुगेकोे हो ।

आज दुई सय ८६ कम्पनीको २२ लाख ५८ हजार एक सय ८७ कित्ता शेयर २५ हजार ६२५ पटक खरिद बिक्री हुँदा ५७ करोड १४ लाख ८३ हजार दुई सय ७६ बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै जीवन बीमा समूह १.४६ र लघुवित्त समूह ०.८४ प्रतिशतले घटेको छ । आज सबैभन्दा धेरै माहुली लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ६.०५ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको शेयर मूल्य ९.९८ प्रतिशतले घटेको छ ।

आज सबैभन्दा धेरै सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको एक करोड ७० लाख ११ हजार चार सय ७८ बराबरको कारोबार भएको छ । त्यस्तै, प्रभु स्मार्ट फन्डको सबैभन्दा धेरै एक लाख १७ हजार तीन सय कित्ता शेयर किनबेच भएको छ ।