नेपालद्वारा इजरायल–हमास युद्ध रोक्ने प्रस्तावको पक्षमा मतदान
काठमाण्डौ । नेपालले इजरायल-हमास युद्ध रोक्ने प्रस्तावको पक्षमा मतदान गरेको छ ।
संयुक्त राष्ट्रसङ्घको महासभाले पारित गरेको इजरायल–हमास युद्ध रोक्ने प्रस्तावको पक्षमा नेपालले मतदान गरेको हो । संयुक्त राष्ट्रसङ्घको महासभाले गाजामा तत्काल दिगो मानवीय युद्धविरामको माग गर्दै प्रस्ताव पारित गरेको हो । युद्ध विराम गर्ने प्रस्ताव पारित भए पनि इजरायलले भने अस्वीकार गरेको छ ।
युद्ध विरामको पक्षमा नेपालसहित एक सय २० देशले मतदान गरेका छन् । १४ देशले विपक्षमा मतदान गरेका छन् । ४५ देश मतदानमा सहभागी भएनन् ।
बैठकमा सहभागी इजरायलका राजदूत गिलाड एर्डनले इजरायललाई आफ्नो रक्षा गर्ने अधिकार भएको बताउँदै हमासको अत्याचार सहेर नबस्ने बताउनुभएको अलजजिराले जनाएको छ ।