सत्ता गठबन्धन तस्करको इशारामा चलेको एमाले महासचिव शंकर पोखरेलको आरोप
काठमाण्डौ । अहिलेको सत्ता गठबन्धन तस्करको इशारामा चलेको नेकपा एमालेका महासचिव शंकर पोखरेलले बताउनु भएको छ ।
आज प्रेस चौतारी दाङले तुलसीपुरमा गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले सत्ता गठबन्धन तस्करको इशारामा चलेको आरोप लगाउँदै सरकार माफियाका पछाडि लाग्दा अर्थतन्त्र कमजोर भएको टिप्पणी गर्नुभएको हो ।
सरकारले अबैधानिक अर्थतन्त्रलाई प्रोत्साहन र बैधानिक अर्थतन्त्रलाई दुरूस्सहान गरेकाले अर्थतन्त्र बलियो हुन नसकेको महासचिव पोखरेलले बताउनु भयो ।
साथै उहाँले काँग्रेस सत्ता गठबन्धनबाट तत्काल नबाहिरिए नेपाली काँग्रेसको भविष्य समाप्त हुने पोखरेलले बताउनु भएको छ । उहाँले काँग्रेस गठबन्धनबाट तत्काल नबाहिरिए गठबन्धन सँगसँगै काँग्रेसको भविष्य समाप्त हुने दाबी गर्नुभएको हो ।