सुनको भाउ अहिलेसम्म कै उच्च, तोलामा एक लाख १५ हजार पाँचसय रुपैयाँ कायम
काठमाण्डौ । दशैँ पछिको पहिलो कारोबार दिन आज (शुक्रबार) सुनको भाउ तोलामा पाँच सय रुपैयाँ बढेर मूल्यको नयाँ रेकर्ड कायम भएको छ ।
दशैँ अघिको अन्तिम कारोबार दिन अर्थात कात्तिक ३ गते सुनको भाउ प्रतितोला एक लाख १५ हजार पाँच सय रुपैयाँ थियो । आज एक लाख १६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको भाउमा भने घटबढ भएको छैन । आज चाँदी तोलाको एक हजार चार सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।