अमेरिकाको लुइस्टन सहरमा गोलाबारी : २० जनाको हत्या, ५० भन्दा बढी घाइते

काठमाण्डौ । अमेरिकाको माइन राज्यस्थित लुइस्टन सहरमा एक बन्दुकधारीले गोली हानी २० जनाको हत्या गरेका छन् । कम्तिमा ५० जना भन्दा बढी घाइते भएका छन् ।

माइनमा प्रहरीले कम्तिमा २० जनाको ज्यान गएको एक बन्दुकधारी फरार रहेको बताएको छ ।

बीबीसीका अनुसार पुलिसले घटनाको अनुसन्धान गरिरहेको र एक संदिग्धका फोटोहरू सार्वजनीक गरेको छ । बन्दुकधारी पक्राउ नपरेसम्म घरबाहिर ननिस्कन समेत प्रहरीले नागरीकहरुलाई आग्रह गरेको छ ।