धादिङको खरी आसपास केन्द्रबिन्दु भएर ६.१ रेक्टरस्केलको भूकम्प, सतर्कता अपनाउन विज्ञको आग्रह

काठमाण्डौ । धादिङको खरी आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले पुष्टि गरेको छ ।

आज बिहान धादिङ केन्द्रबिन्दु भएर ६.१ रेक्टरस्केलको भूकम्प गएपछि पटक–पटक परकम्प गइरहेको केन्द्रले जनाएको छ ।

वरिष्ठ भूकम्पविद् डाक्टर लोकविजय अधिकारीका अनुसार यो भूकम्पपछि लगातारजसो परकम्प गइरहेका छन् । थप ठूलो धक्कासमेत आउन सक्ने जोखिम रहेकाले सतर्कता अपनाउन उहाँले आग्रह गर्नुभएको छ । भूकम्प प्रभावित क्षेत्रका बासिन्दालाई खुलाचौरमा बस्न उहाँले अनुरोध गर्नुभएको छ ।

भूकम्पको धक्का काठमाण्डौ उपत्यका आसपासका क्षेत्रमा समेत महसुस भएको थियो । भूकम्पका कारण क्षति भए नभएकोबारे थप विवरण आउन बाँकी छ ।