नेकपा एमालेद्वारा प्यालेस्टाइनको गाजास्थित अस्पतालमा गरिएको आक्रमणको भर्त्सना
काठमाण्डौ । नेकपा एमालेले प्यालेस्टाइनको गाजास्थित अल अहरी अरब अस्पतालमा भएको आक्रमणको भर्त्सना गरेको छ ।
आज (बुधबार) एमाले अध्यक्ष केपी शर्मा ओलीले एक विज्ञप्ति जारी गर्दै उक्त आक्रमणप्रति भर्त्सना गर्नूभएको हो । इजरायल र प्यालेष्टाइनको हमास समूह विच भइरहेको युद्धका क्रममा गएराति अस्पतालमा आक्रमण भएको थियो ।
उक्त आक्रमण परि ५०० जना बढी नागरिकको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
सिङ्गो अस्पताल भवन नष्ट हुनु र बालबालिकासहित सयौंको सङ्ख्यामा मानिसहरू हताहत भएको विषय जति निन्दा गरे पनि कमी हुने एमालेले जनाएको छ । साथै क्रूर र अमानवीय आक्रमण तत्काल रोक्न एमालेले द्धन्द्धरत पक्षलाई आग्रह गरेको छ ।