वर्तमान सरकारको आयु बढीमा २ महिना रहेको एमाले उपाध्यक्ष पाण्डेको तर्क

काठमाण्डौ । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले वर्तमान सरकारको आयु मंसिरसम्म मात्रै भएको बताउनुभएको छ ।

कोशी प्रदेशमा भएको नयाँ सत्ता समीकरणले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको आयु बढीमा २ महिना रहेको उहाँको तर्क छ ।

रामेछाप काठमाडौं सम्पर्क मञ्चको कार्यक्रमलाई आज (आइतबार) काठमाण्डौमा सम्बोधन गर्दै पाण्डेले कोशीमा सिर्जित परिस्थितिले अहिलेको सरकार बदलिएर नयाँ राजनीतिक समीकरणमा जाने सङ्केत देखिएको बताउनुभएको हो । समीकरण परिवर्तनको सवालमा आफूले सुनेको भरमा अभिव्यक्ति दिएको नभई केही तथ्य र सूचनाहरू प्राप्त गरेको उहाँले दाबी समेत गर्नुभएको छ ।