मनाङ एयरको एयर अपरेटर सर्टिफिकेट निलम्बन

काठमाण्डौ । मनाङ एयरको एयर अपरेटर सर्टिफिकेट निलम्बन गरिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले आज (शनिबार) एक सूचना जारी गर्दै निलम्बन गरिएको बताएको छ । यो निलम्बन अर्को सूचना जारी नहुँदासम्म लागू हुने क्यानले बताएको छ ।

तीन महिनाभित्र दुईपटक हेलिकोप्टर दुर्घटनमा परेपछि क्याले निलम्बन गर्नुपरेको बताएको छ । आज शनिबार सो कम्पीको ९ एन–एएनजे कलसाइनको हेलिकप्टर ओखलढुंगाबाट सोलुखुम्बु जाँदै गर्दा लोबुचेमा दुर्घटनामा परेको थियो । हेलिकोप्टर दुर्घटनामा कुनै मानवीय क्षति नभए पनि पाइलट पीके सेढाइँ घाइते भएका थिए ।

यसअघि मनाङ एयरको नाइन एन एएमभी कलसाइनको हेलिकप्टर २६ असारमा पनि दुर्घटनामा परेको थियो ।