कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाको राजीनामा
काठमाण्डौ । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले पदबाट राजीनामा दिनु भएको छ ।
सत्ता गठबन्धनको निर्णय विपरीत काँग्रेसका नेता केदार कार्की मुख्यमन्त्री नियुक्त भएपछि नैतिकताको कारण देखाएर उहाँले राजीनामा दिनुभएको हो ।
पछिल्लो पटक सरकार गठनमा भएका विकसित घटनाक्रमहरूले गर्दा आफू पदमा रहिरन उपयुक्त नठानेको उहाँको भनाई छ । उहाँले दलको नेताबाट राजीनामा दिए पनि दलको नीति, सिद्धान्त र आदर्शप्रति प्रतिबद्ध रहेको बताउनुभएको छ ।