पूर्वराष्ट्रपति भण्डारीबाट उपन्यास ‘अपराजिता’ को लोकार्पण

काठमाण्डौ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उपन्यास ‘अपराजिता’ को लोकार्पण गर्नु भएको छ ।

शुक्रवार पूर्वराष्ट्रपति भण्डारीले सुदूरपश्चिम क्षेत्रको सामाजिक परिवेश तथा सशस्त्र द्वन्द्वका समयमा त्यहाँका जनताले भोग्नुपरेको समस्यालाई उजागर गरी पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दद्वारा लिखित उपन्यास ‘अपराजिता’ को लोकार्पण गर्नु भएको हो ।

पूर्वराष्ट्रपति भण्डारीले लोकार्पणपछि ८० वर्ष नाघिसक्नुभएका चन्दले उपन्यास लेखेर देखाउनुभएको सक्रियताबाट नयाँ पुस्ताले पाठ सिक्नुपर्ने बताउनुभयो ।

पूर्वराष्ट्रपति भण्डारीले उक्त उपन्यासले नेपाली साहित्यको भण्डारलाई थप सुदृढ र समृद्ध बनाउन मद्दत पु¥याएको र चन्दको सक्रियता र लगनशीलताबाट अन्य साहित्यकारले प्रेरणा लिनुपर्ने बताउनुभयो ।

पूर्वप्रधानमन्त्री चन्दले पुस्तकमा शान्तिपूर्ण अहिंसात्मक आन्दोलनको माध्यमबाट नै सिङ्गो सामाजिक परिवर्तन गर्न सकिने आफ्नो वैचारिक एवं दार्शनिक मतलाई प्रस्तुत गरेको भनाइ राख्नुभयो ।