मुख्यमन्त्रीको दाबी फिर्ता लिन केदार कार्कीसहितका सांसदलाई निर्देशन
काठमाण्डौ । नेपाली कांग्रेस कोसी प्रदेश कार्यसम्पादन समितिले केदार कार्कीलाई प्रदेश मुख्यमन्त्रीमा समर्थन गर्ने अन्य ७ सांसदलाई हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको छ ।
समितिको बैठकले पार्टीलाई एकतावद्ध बनाउन कोसी संसदीय दललाई अनुरोध गरेको प्रदेश महामन्त्री उमेश थापाले बताउनु भएको हो ।
बैठकले केन्द्रले थप केही निर्देशन दिएमा त्यसको निर्णय गर्ने अधिकार प्रदेश पदाधिकारीलाई दिने निर्णय पनि गरेको थापाले बताउनु भएको छ ।
केन्द्रले मुख्यमन्त्रीमा नेकपा माओवादीका इन्द्र आङबोलाई समर्थन गर्ने निर्णय गरेको भए पनि कांग्रेस कोशीका सांसद केदार कार्कीले पार्टीका अरु ७ र नेकपा एमालेका सांसदको समर्थनमा मुख्यमन्त्रीमा दावी पेश गर्नु भएको हो ।