इजरायलमा अलपत्र परेका नेपालीको उद्धार गरी विमान राति ९ बजे फर्किने

काठमाण्डौ । इजरायलमा अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउन आज बिहान त्यसतर्फ गएको नेपाल एयरलाइन्सको विमान आजै राति ९ बजे फर्किने छ ।

परराष्ट्र मन्त्री एनपी साउद कूटनीतिक समन्वयका लागि नेपाल एयरलाइन्सको विमानमा आज (बिहीबार) बिहान त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालका अनुसार नेपाल फर्कन चाहनेहरूलाई लिन दुई सय ५० सिट क्षमता भएको विमान इजरायल गएको जानकारी दिनुभयो ।

त्यस्तै, इजरायलमा ज्यान गुमाएकाको शव हस्तान्तरणमा कानुनी प्रक्रिया पूरा नभएकाले तत्काल शव ल्याउन कठिन भएको छ । इजरायल सरकारले शव परीक्षणलगायत सबै कानुनी प्रक्रिया पूरा गरेपछि यथाशक्य चाँडो शव ल्याइने प्रवक्ता लम्सालले बताउनुभयो ।