मधेश एमालेको जन्मभूमि हो : ईश्वर पोखरेल
काठमाण्डौ । मधेश एमालेको जन्मभूमि भएको नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बताउनुभएको छ । एमाले मधेश अधिवेशलाई उद्घाटन गर्दै उहाँले संगठन निर्माणको क्रममा मधेश आएकै बेलामा पार्टी अध्यक्ष केपी ओली पक्राउ परेको स्मरण गर्नुभयो ।
मधेशकै जनताको विश्वास र भरोषामा संकटको अवस्थामा पनि पाटीलाई अगाडि बढाएको उमेत उहाँको भनाई थियो । उहाँले मधेशको भाग्यरेखा कोर्ने हुलाकी राजमार्ग केपी ओली प्रधानमन्त्री भएकै बेलामा थालनी गरेको बताउनुभयो । अध्यक्ष ओलीले हुलाकी राजमार्गको लागि ४ अर्ब १० करोड बजेट छुट्याएको उल्लेख गर्नु भएको हो ।