सबै पार्टीलाई एकै ठाउँमा राखेर हेर्दा समाज ठिक ठाउँमा जान सक्दैन : केपी ओली

काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सबै पार्टीहरूलाई एकै ठाउँ राखेर हेर्न नहुने बताउनुभएको छ ।

एमाले सम्पर्क समन्वयन कमिटीले आज (शनिबार) काठमाडौंमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा अध्यक्ष ओलीले धेरै पार्टीहरूलाई पार्टीहरूलाई एकै ठाउँ राखेर हेर्न नहुने र राम्रालाई राम्रो र नराम्रालाई नराम्रो भन्न सक्नुपर्ने बताउनुभएको छ । उहाँले सबै नेताहरूलाई आरोप र आशंकाको दृष्टिले हेर्दा समाज ठिक ठाउँमा जान नसक्ने बताउनुभयो ।

अध्यक्ष ओलीले चाडपर्वलाई भ्रमबाट दूर गर्ने, चेतनाको प्रकाश पुर्‍याउने माध्यमको रूपमा लिनुपर्ने धारणा पनि राख्नुभयो । चाडपर्वको समयमा व्यक्तिगत ज्ञान बढाउनका लागि उपयोग गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभएको छ ।