आममाफीको विषयमा सरकारले सदनमा उभिएरै जवाफ दिनुपर्ने महामन्त्री थापाको जोड
काठमाण्डौ । गुन्डा नाइके ‘रिगल’ भनिने योग ढकाललाई आममाफी दिने निर्णयमा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारको जवाफ माग गर्नुभएको छ । प्रतिनिधि सभाको बैठकमा बोल्दै गलत निर्णय भएकाले त्यसको जवाफ दिनुपर्ने उहाँले बताउनुभयो ।
सरकारको निर्णय गलत भएको र सदनमा पनि कुरा उठेकाले सरकारले सदनमा उभिएरै पनि कारण बताउँनुपर्ने उहाँको भनाइ छ । सार्वजनिक प्रश्न उठेपछि जवाफ नदिई आफ्नो निर्णयबाट भाग्न नपाइने महामन्त्री थापाले जोड दिनुभयो ।
आममाफीको विषयमा कानूनको अपव्याख्या भएको हुँदा संशोधन र परिमार्जन गरेर कसैले कानूनको अपव्याख्या गर्ननहुने उहाँको भनाइ छ । उहाँले सत्ता हुँदा एउटा प्रतिपक्षमा हुँदा अर्को कुरा नगर्न पनि विपक्षी दललाई आग्रह गर्नुभयो ।