एमाले प्रदेश अधिवेशन गण्डकीमा आज मतदान हुदैँ

काठमाण्डौ । नेकपा (एमाले) गण्डकी प्रदेशको नयाँ नेतृत्व चयनका लागि आज (बिहीबार) मतदान हुदैँछ ।

यसअघि हिजो (बुधबार) दिउँसो १ बजे मतदान सुरु गर्ने तालिका सार्वजनिक भएको थियो । तर हिजो मनोनयन प्रक्रिया नै ढिला सुरु हुँदा प्रदेश निर्वाचन समितिले निर्वाचन कार्यतालिका पुनःसंशोधन गर्दै आज दिउँसोबाट मतदान हुने जनाएको छ ।

निर्वाचनमा विद्युतीय मतदान हुने भएकाले परिणाम आजै आउनेछ । मतदानमा प्रदेशका ८५ वटै स्थानीय तहबाट आएका प्रतिनिधि ९०७ जनाले मतदान गर्नेछन् । निर्वाचनले पाँच पदाधिकारीसहित १६५ सदस्सीय प्रदेश कमिटी निर्वाचित गर्नेछ ।

सोमबार उद्घाटन भएको अधिवेशनमा नेतृत्व चयनका लागि सहमति जुट्न नसक्दा मतदान हुन लागेको हो । प्रदेश अध्यक्षका लागि लमजुङका मायानाथ अधिकारी र म्याग्दीका नवराज शर्मा चुनावी प्रतिस्पर्धामा रहेका छन् ।