नयाँ नेतृत्व चयनका लागि एमाले गण्डकी प्रदेशमा आज मतदान हुदैँ

काठमाण्डौ ।  नयाँ नेतृत्व चयनका लागि नेकपा (एमाले) गण्डकी प्रदेशमा आज (बिहीबार) मतदान हुदैँछ ।

हिजो बुधबार दिउँसो १ बजे मतदान सुरु गर्ने तालिका सार्वजनिक भएको थियो । तर बुधबार मनोनयन प्रक्रिया नै ढिला सुरु हुँदा प्रदेश निर्वाचन समितिले निर्वाचन कार्यतालिका पुनःसंशोधन गर्दै आज दिउँसोबाट मतदान हुने जनाएको छ ।

अध्यक्षका लागि लमजुङका मायानाथ अधिकारी र म्याग्दीका नवराज शर्मा बीच प्रतिस्पर्धा हुने भएको हो । निर्वाचनमा विद्युतीय मतदान हुने भएकाले परिणाम आजै आउनेछ । मतदानमा प्रदेशका ८५ वटै स्थानीय तहबाट आएका प्रतिनिधि (९ सय ७ जना)ले मतदान गर्नेछन् ।

निर्वाचनले ५पदाधिकारीसहित १६५ सदस्सीय प्रदेश कमिटी निर्वाचित गर्नेछ । अधिवेशनको उद्घाटन भने गएको सोमबार भएको थियो । नेतृत्व चयनका लागि सहमति जुट्न नसक्दा मतदान हुन लागेको हो ।