नाइजेरियामा यात्रुसवार डुङ्गा पल्टिँदा ४० जनाभन्दा धेरै बेपत्ता, १० जनाको उद्धार

एजेन्सी । नाइजेरियाको उत्तरी राज्य केबीमा यात्रुसवार डुङ्गा पल्टिँदा ४० जनाभन्दा धेरै बेपत्ता भएका छन् ।

उत्तर–मध्य राज्य नाइजर र केब्बीलाई जोड्ने नदी पार गर्दै गर्दा मुसलधारे वर्षाका कारण डुङ्गा पल्टिएको अनुमान गरिएको बीबीसीले जनाएको छ ।

बीबीसीका अनुसार १० जनाको उद्धार भएको र अरुको खोजी भइरहेको छ । डुङ्गामा कम्तीमा ५० जना यात्रु रहेका थिए ।

नाइजर राज्यको आपतकालीन व्यवस्थापन निकायका प्रमुख सालिहु गरबाले स्थानीय गोताखोरलाई बेपत्ताको खोजी तथा उद्धारका लागि परिचालन गरिएको जानकारी दिनुभएको बीबीसीले जनाएको छ ।