दुई समूहबीच झडप पछि नेपालगञ्जमा सेना परिचालन

काठमाण्डौ । नेपालगञ्जमा सेना परिचालन गरिएको छ । तनावग्रस्त नेपालगञ्जमा दुई समूहबीच झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन सेना परिचालन गरिएको हो ।

नगरका विभिन्न ठाउँमा दुई समूहका बीच ढुंगा हानाहान हुँदा ८ जना घाइते भएका हुन् । स्थिति तनावग्रस्त बनेपछि प्रहरीले दुई दर्जन अश्रुग्याँस प्रहार गरेको थियो । जिल्ला प्रशासनले दिउँसो १ बजेदेखि कर्फ्यू लगाएको छ । अहिले झडप रोकिएको छ । ठूलो संख्यामा प्रहरी गल्ली–गल्लीमा परिचालन भएका छन् ।

असोज १४ गते सामाजिक सञ्जालमा मुस्लिम समुदायलाई लक्षित गरी लेखिएको स्टाटसको विषयलाई लिएर मुस्लिम समुदायले गरेको विरोध प्रदर्शनका कारण उत्पन्न परिस्थिति एवम् आज ओमकार परिवार हिन्दु समाजले निकालेको र्यालीका क्रममा विवाद उत्पन्न भई नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा भएको सार्वजनिक सम्पत्ति तोडफोड, ढुंगामुढा प्रहार, उच्छृंखल गतिविधिलगयातका विरोध प्रदर्शन कारण सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम एवम् शान्ति भंग हुने स्थिति देखिएकाले कफ्र्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

केही दिन अघि मोहम्मद डे को दिनमा एक जना फेसबुक कर्ताले नेपालगन्जबाट दुईटा गाई हरायो मोहम्मद डे मनाउन त गएनन भनेर लेखेका थिए । यही स्ट्याटसको पक्ष र विपक्षमा नेपागंजवासी बाढिदा अहिले धार्मिक दंगा फैलिरहेको छ ।