प्रधानमन्त्रीको चीन भ्रमणमा महत्वपूर्ण विषयमा छलफल हुन सकेन : योगेश भट्टराई

काठमाण्डौ । नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चीन भ्रमणमा महत्वपूर्ण विषयमा छलफल नै हुन नसकेको बताउनुभएको छ ।

आज (आइतबार) संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले ‘विआरआइ’ लगायतका सम्झौता कार्यान्वयनका महत्वपूर्ण विषयमा प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा छलफल नै हुन नसकेको बताउनुभएको हो । उहाँले नेपालप्रति चीनका कतिपय आशंकाहरूलाई पनि प्रधानमन्त्रीको भ्रमणले विश्वास दिलाउन नसकेको जिकिर गर्नुभयो ।

अहिलेको विश्वपरिवेशको द्वन्द्वमा नेपाल फस्न नहुने र नेपालले पनि त्यही अनुसार देशहरूसँग सम्झौता गर्नुपर्ने उहाँको भनाइ छ ।