एमाले प्रदेश अधिवेशन : कोशीमा निर्वाचनको तयारी पूरा

काठमाण्डौ । नेकपा एमाले कोशी प्रदेश कमिटीको अधिवेशनमा निर्वाचनको तयारी पूरा भएको छ ।

कोशीमा मतदाताको अन्तिम नामवाली प्रकाशन भएपछि मतदानका लागि आवश्यक तयारी भइरहेको छ । मतदानका लागि ३५ स्थानबाट मत हाल्ने व्यवस्था गरिएको छ । मुख्य निर्वाचन अधिकृत चुडामणी आचार्यले १ जनाले १५ मिनेटमा मत हालिसक्ने गरि तयारी भएको बताउनुभयो ।

अन्तिम नामावली प्रकाशन भएपछि उमेदवारहरु मत माग्न व्यस्त भएका छन् ।

निर्वाचन समितिले आजै मतदान गर्नेगरी तयारी थालेको छ । प्रमुख निर्वाचन अधिकृत चुढामणी आचार्यले निर्वाचन समिति आवश्वक तयारीमा लागेको जानकारी दिँदै आज साँझ ५ बजेपछि मतदान सुरु हुने बताउनुभयो ।

प्रदेशमा अध्यक्षका लागि मोरङको लेटाङका घनश्याम खतिवडा र विराटनगरका विनोद ढकाल चुनावी प्रतिस्पर्धामा छन् ।