सुन तस्करी प्रकरण : चार सदस्यीय जाँचबुझ आयोग गठन

काठमाण्डौ । सरकारले सुन तस्करी प्रकरणको छानबिनका लागि उच्च अदालतका पूर्व न्यायाधीश डिल्लिराज आचार्यको संयोजकत्वमा चार सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ ।

मन्त्रिपरिषद्को आज बसेको आकस्मिक बैठकले उच्चअदालतका पूर्वन्यायाधीश आचार्यको संयोजकत्वमा अर्थ विज्ञ किशोरजंग कार्र्की, गृहमन्त्रालयका प्रेमराज जोशी र पूर्वएआईजी सहकुल थापा सदस्य रहेको जाँचबुुझ आयोग गठन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुुभयो ।

आयोगले सुनको अवैध तस्करी र पैठारी सम्बन्धी अध्ययन गरी प्रतिवेदन पेश गर्ने सरकारको प्रवक्ता शर्माले जानकारी दिनुुभयो ।