बढ्यो पेट्रोलियम पदार्थको मूल्य,खाना पकाउने ग्यासमा प्रति सिलिन्डर २१५ रुपैयाँले वृद्धि

काठमाण्डौ । पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि भएको छ ।

नेपाल आयल निगमले सबै भन्दा धेरै खाना पकाउने ग्यासमा प्रति सिलिन्डर २१५ रुपैयाँ बढाउने निर्णय गरेको छ ।
निगमले शनिबार रातिदेखि लागू हुनेगरी मुल्य बढाएको हो ।

यस्तै निगमले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुबैमा प्रतिलिटर ८ रुपैयाँ बढाइएको छ । इन्डियन आयल कर्पोरेसनबाट शनिबार प्राप्त नयाँ खरिद मूल्यअनुसार मूल्य समायोजन गरेको निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।