नेकपा एमाले बाग्मती प्रदेश अधिवेशन : निर्वाचन कार्यक्रम फेरि संशोधन
काठमाण्डौ । नेकपा एमाले बाग्मती प्रदेश अधिवेशनको निर्वाचन कार्यक्रम फेरि संशोधन गरिएको छ ।
प्रमुख निर्वाचन अधिकृत डिल्ली मैनालीका अनुसार अब साँझ ६ बजेपछि मतदान हुनेछ । यसअघि पनि कार्यतालिका पटक पटक परिवर्तन हुँदै आइरहेको छ ।
अहिले उम्मेदवारको विरोधमा उजुरी, उजुरीउपर छानबिन निर्णय, उम्मेदवारको नामावली प्रकाशन, उम्मेदवारी फिर्तालगायतको कार्यक्रम चलिरहेको छ । ४ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिसकेपछि ६ बजे निर्वाचन जनाइएको छ ।
प्रदेश कमिटीको अध्यक्ष पदमा चारजनानको उम्मेद्वारी गरेको छ । रामेछापका कैलाश ढुंगेल, मकवानपुरका कृष्णप्रसाद दाहाल, केशरबहादुर बुढाथोकी र सानुकुमार श्रेष्ठको उम्मेदवारी परेको छ । त्यसैगरी, सचिवमा ४ र उपसचिवमा १२ जनाको उम्मेदवारी परेको छ ।