डाक्टरहरु प्रतिको दुर्व्यवहार बन्द गरौँ : एमाले अध्यक्ष ओली

काठमाण्डौ । डाक्टरहरु प्रतिको दुर्व्यवहार बन्द गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अनुरोध गर्नुभएको छ ।

ओलीले सामाजिक सञ्जालमा एक सन्देश लेख्दै डाक्टरहरुप्रति सम्मान र हार्दिकता विकास गर्न अनुरोध गर्नुभएको हो । देशका विभिन्न ठाउँमा डाक्टरलाई हातपात र दुर्व्यवहार भएका समाचार आइरहेको उल्लेख गर्दै अध्यक्ष ओलीले डाक्टरको महत्त आफू स्वयंले पनि आफ्नो जीवनमा महसुस गरेको बताउनु भएको छ ।

ओलीले सामाजिक सञ्जालमा लेख्नुभएको छ, “मेरो जीवनमा डाक्टरको ठूलो भूमिका छ। डाक्टरको महत्त्व म स्वयंले आफ्नो जीवनमा महसुस गरेको छु। आजभोलि उपचार गरिरहेका डाक्टरहरुलाई हातपात र दुर्व्यवहार भएका समाचार सामाजिक सञ्जालमा देखेको छु । मेरो अनुरोध छ– डाक्टरहरु प्रतिको दुर्व्यवहार बन्द गरौं। सम्मान र हार्दिकता विकास गरौं।”