राहत शिक्षकहरु सडकमा सुतेर विधेयकको बिरोध
काठमाण्डौ । शिक्षा विधेयकको बिरुद्धमा आन्दोलनमा रहेका शिक्षकहरूले आजको आन्दोलन सडकमा सुतेर गरेका छन् ।
शिक्षक महासंघले आन्दोलन फिर्ता लिए पनि राहत शिक्षकहरुले भने आफ्नो माग सम्बोधन नभएको भन्दै आन्दोलन जारी राखेका छन् । शिक्षक महासंघ र सरकारबीच गत असोज ७ गते ६ बुँदे सम्झौता भएको थियो ।
आफुहरूले उठान गरेका माग मुद्दा सम्बोधन नगरिएको भन्दै आन्दोलन जारी राखेका राहत शिक्षक, बालविकास शिक्षक, पेन्सन वञ्चित शिक्षकलगायतले आज सडकमै लम्पसार सुतेर आन्दोलन गरेका हुन् ।
उनीहरुले माइतीघरदेखि नयाँबानेश्वरसम्म सडकमा सुतेर प्रदर्शन गरेका छन् । उनीहरुले ४० हजार राहत शिक्षक, बाल विकासका शिक्षक र पेन्सन पीडित शिक्षकहरु आफूहरुसँग आन्दोलनमा रहेको दाबी गरेका छन् ।