शिक्षकहरुको आन्दोलनका कारण काठमाण्डौमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त
काठमाण्डौ । काठमाण्डौमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ ।
शिक्षकहरूको आन्दोलनका कारण आज पनि माइतीघर, बिजुलीबजार हुँदै बानेश्वरसम्म सडकमा गाडी सहजरुपमा चल्न सकेका छैनन् ।
शिक्षकहरुले आज दोस्रो दिन पनि आन्दोलनलाई निरन्तरता दिएका छन् । यो क्षेत्रमा हिजो पनि ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको थियो ।
शिक्षक महासङ्घले विधेयक फिर्ता नभएसम्म आन्दोलनका कार्यक्रम फिर्ता नहुने बताएको छ ।
आज बिहान उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको पहलमा शिक्षक प्रतिनिधिबीच शान्तिसुरक्षा र ट्राफिक व्यवस्थापनलगायतका विषयमा छलफल भएको थियो ।
संसदमा प्रस्तावित विद्यालय शिक्षा विधेयकको विरोधमा विभिन्न जिल्लाबाट शिक्षकहरु आन्दोलनका लागि काठमाण्डौमा आएका छन् । आन्दोलनकै कारण आज सामुदायिक विद्यालयमा पठनपाठन प्रभावित भएको छ ।