एसियन गेम्सअन्तर्गतको आफ्नो दोस्रो खेलमा नेपाल इरानसँग पराजित
काठमाण्डौ । चीनको हान्झाउमा जारी १९ औँ एसियन गेम्सअन्तर्गत पुरुष भलिबलमा नेपालले लगातार दोस्रो पराजय भोगेको छ ।
समूह ‘बी’ अन्तर्गत बुधबार भएको खेलमा नेपालले इरानसँग ३–० को सोझो सेटमा पराजय भोगेको हो ।
इरानले नेपाललाई २५–९, २५–१५ र २५–१३ ले पराजित गरेको हो ।
यसअघि मंगलबार पहिलो खेलमा नेपालले बहराइनसँग ३–१ को पराजय भोगेको थियो ।