नेपाली बजारमा अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च

काठमाण्डौ । नेपाली बजारमा अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च भएको छ ।

आज (मङ्गलवार) नेपाली बजारमा अमेरिकी डलरको भाउको खरिददर १ सय ३२ रुपैयाँ ९४ पैसा र बिक्री दर १ सय ३३ रुपैयाँ ५४ पैसा पुगेको छ । यो अहिलेसम्मकै उच्च हो ।

हिजो सोमवार भारतीय मुद्रा अमेरिकी डलरको तुलनामा कमजोर बनेपछि आज नेपाली बजारमा डलर महँगो भएको हो । डलरसँगै युरो र पाउन्डको भाउ पनि बढेको छ ।

आज नेपाली बजारमा युरोको खरिद मूल्य १ सय ४ रुपैयाँ ८६ पैसा छ भने बिक्री मूल्य १ सय ४२ रुपैयाँ ५० पैसा रहेको छ । यस्तै बेलायती पाउन्डको खरिद मूल्य १ सय ६४ रुपैयाँ ९० पैसा र बिक्री मूल्य १ सय ६५ रुपैयाँ ६४ पैसा रहेको छ ।