एमाले सांसद योगेश भट्टराईले मापदण्डविनाका एलपी ग्यास बिक्री भइरहेकोमा ध्यानाकर्षण

काठमाण्डौ ।  अनाधिकृतरूपले ५० देखि ४५० केजीसम्मका एलपी ग्यास बिक्रीवितरण भइरहेको भन्दै नेकपा एमाले सांसद योगेश भट्टराईले सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभएको छ ।

आज (आइतबार) सिंहदरबारमा बसेको सार्वजनिक लेखा समिति बैठकमा खाना पकाउने ग्यास १४ दशमलव २ किलो हुनुपर्ने मापदण्ड रहेकोमा बढी तौलको ग्यास बिक्रीको विषयमा सरोकारवाला निकायसँग समितिले छलफल गर्नुपर्ने भट्टराईको भनाइ छ ।

भट्टराईले सम्बन्धित मन्त्रालय र आयल निगमसँग अनुमति नलिई केही कम्पनीले बढी तौलका खाना पकाउने ग्यास बिक्रीवितरण गरिरहेको र यसले जोखिम उत्पन्न हुने भन्दै ध्यानाकर्षण गराउनुभएको हो ।