आज श्रीकृष्ण जन्माष्टमी : देशभर सार्बजनिक बिदा

काठमाण्डौ ।  आज श्रीकृष्ण जन्माष्टमी ।

वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा-आराधना गरी श्रद्धा-भक्तिपूर्वक मनाउँदैछन् ।
भगवान श्रीकृष्णको जन्म भएको दिनको अवसरमा आजै देशैभरी श्रीकृष्णा जन्म अष्टमी बिभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ ।

अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए ।

कुरुक्षेत्रमा कौरवसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद् भागवत गीता’ पवित्र ग्रन्थ मानिन्छ ।

श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गरेको पौराणिक ग्रन्थमा उल्लेख छ । आज पाटन दरबार संग्रहालयका साथै देशैभरी रहेका श्रीकृष्ण मन्दिरमा आज भक्तजनहरुको दर्शनका लागि भीड लाग्ने गर्दछ ।

यस्तै काठमाडौंको गोठाटार, ललितपुरको इमाडोल, रौतहटको नजरपुर र सुनसरीको इटहरीलगायतका स्थानमा भब्य धार्मिक कार्यक्रमको आयोजना हुने गर्दछ ।

सो अवसरमा आज सरकारले सार्बजनिक बिदासमेत दिएको छ ।