पूर्वउपराष्ट्रपतिका छोरा सुन प्रकरणमा संलग्नताको आशंका : सीआईबीले लियो बयान
काठमाण्डौ । पूर्वउपराष्ट्रपतिका छोरा ६० केजी सुन प्रकरणमा संलग्नता रहेको आशंका गरिएको छ ।
नेपाली प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेशसँग बयान लिएको छ ।
त्रिभुवन विमानस्थल बाहिरबाट समातिएको ६० केजी सुन तस्करीमा संलग्नता भएमको आशंका गरिएको छ । दीपेशसँग ४ घण्टा बयान लिइएको प्रहरी उच्च स्रोतले बताएको छ ।
सुन तस्करी प्रकरणमा पक्राउ परेका चिनियाँ मुलका बेल्जियन नागरिक दावा छिरिङसँगको कनेक्सनका आधारमा सीआईबीले दीपेशसँग सोमवार बयान लिएको हो ।
सीआईबीले ६० केजी सुन तस्करी प्रकरणमा संलग्नताको आशंकामा १०० जनाको सूची बनाएर अनुसन्धान गरिरहेको छ ।