एसिया कप क्रिकेट : भारत र पाकिस्तान भिड्दै

काठमाण्डौ । जारी एसिया कप क्रिकेटमा आज भारत र पाकिस्तान भिड्दै छन् ।

खेल श्रीलङ्काको पाल्लिकेमा आज (शनिबार) दिउँसो सवा ३ बजे शुरु हुनेछ । एसिया कपको आयोजक पाकिस्तान भए पनि भारत नजाने भएपछि श्रीलङ्कामा खेल हुन लागेको हो ।

भारतको रोहित शर्मा र पाकिस्तानको बाबर आजमको कप्तानीमा खेल हुने छ । भारत र पाकिस्तानको क्रिकेट खेललाई दुवै देशले ठूलो प्रतिष्ठाको विषय बनाउँदै आएका छन् ।

एसिया कपको आफ्नो पहिलो खेलमा पाकिस्तानले नेपाललाई हराएको थियो भने भारतले आज पहिलो खेल खेल्न लागेको हो ।
नेपाल र भारतबीचको खेल पर्सि सोमवार हुनेछ ।

भारतले सर्वाधिक ७ पटक एसिया कपको उपाधि जितेको छ भने पाकिस्तानले दुई पटक मात्रै उपाधि जितेको छ ।

पाकिस्तानको ११ टोली  :

बाबर आजम (कप्तान), फखार जमान, इमाम उल हक, मोहम्मद रिजवान (विकेटकिपर), अघा सलमान, इफ्तिखर अहमद, सादब खान, मोहम्मद नवाज, शाहिन शाह अफ्रिदी, नसिम शाह र हरिस रौफ ।

भारतको टोली  :
रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस ऐर, सूर्यकुमार यादव, तिलक बर्मा, लोकेश राहुल, ईशान किशन, हार्दिक पान्ड्या , रविन्द्र जडेजा, शार्दुल ठाकुर, अक्षर पटेल, कुलदीप यादव, मोहम्मद शिराज, जस्प्रित बुमराह, मोहम्मद शामी र प्रसिद्ध, कृष्ण सन्जु स्यामसन (वैकल्पिक)