
मौसम खबर : पहाडी क्षेत्रका केही ठाउँमा आज हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाण्डौ । हाल कोशी प्रदेशमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरमा अवस्थित छ । जसको प्रभावले हाल कोशी प्रदेशमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको मौसमविद् गंगा नगरकोटीले बताउनु भएको छ ।
आज बिहान कोशी, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको उहाँको भनाई छ । यस्तै आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भू-भागका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा र बाँकी भू-भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको नगरकोटीले बताउनु भएको छ ।
साथै काठमाण्डौमा पनि दिउँसो पानी पर्ने अनुमान छ । तर, आज लगातार झरी पर्ने सम्भावना भने नरहेको मौसमविद्ले बताएका छन् ।
आज राति भने कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरूमा र बाँकी भूभागमा हल्का वर्षाको सम्भावना रहेको छ ।